राजनीति
नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चासहित तीस साना राजनीतिक दलहरुले आइतबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन् ।
आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक तर्फको उम्मेदवार सूची बुझाउन समयसीमा दिए पनि ठुला राजनीतिक दलले सो समयसीमामा सूची बुझाउन सकेनन् ।
नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका ठुला दल आइतबार साँझ ५ बजेसम्म सूचीसहित आयोगमा नआएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगकाअनुसार आइतबार ४ बजेसम्ममा साना ३० दलले मात्रै बन्द सूची पेश गर्न धरौटी बापतको रकम बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
निर्वाचन आयोगका अनुसार समानुपातिकका लागि आयोगमा ८८ वटा राजनीतिक दलले दल दर्ता गराएका थिए ।