logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पार्टी एकता टुंगोमा पुगाउन ओली प्रचण्डकाे अन्तिम कसरत यस्तो छ


  • राजनीति
  • शनिबार, बैशाख ७ २०७६

सत्तारूढ दल नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी विविध विषयमा गहन छलफल भएको छ ।

हिजाे बिहानैदेखि पार्टीका अध्यक्षद्वय पार्टी एकताको विषयलाई लिएर बालुवाटारमा गहन छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो ।पार्टी भित्र गुटबन्दी का कारण भागबन्डा मिल्न नसक्दा हालसम्म पनि एकता प्रक्रिया टुंगोमा लाग्न सकेकाे थिएन ।

पार्टी एकता प्रक्रियालाई तीन महीनाभित्र भदौ ३ गते सक्नुपर्ने भए तापनि लम्बिँदै जाँदा पार्टी कार्यकर्तामा निराशा बढ्दै गएको छ । झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसएिको हुनाले यही वैशाख ९ गतेसम्म सक्ने भनिएकाले नेताबीच गहन छलफल भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार