राजनीति
विराटनगर – शनिबार बिहान मोरङको पथरीशनिश्चरेमाएक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि शव फालिएको अवस्थामा फेला परेकोजनाएको छ।
२९ वर्षीया बस्नेतको शव बिहान मर्निङ वाकका क्रममा स्थानीयले फेला पारेको प्रहरीले बताएका छन्। एसपी केसीका अनुसार शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका रहेको छ।
श्रीमान वैदेशिक रोजगारीमा रहेका बस्नेत १४ वर्षीय छोराका साथ बस्दै आएकी छन्।
शुक्रबार साँझ सांगितिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको एसपी केसीले जानकारी दिए। कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेतको कोठाबाट केही मदिराको बोतल फेला परेको बताएका एसपी केसीले भने, “उनको कोठाबाट केही बोतल फेला परेको छ। सांगितिक कार्यक्रमपछि डेरामा मदिरा सेवन गरेजस्तो देखिएको छ।
तथापि राती उनीसँग अरु कोही थिए भन्ने कुराको अनुसन्धान सुरु गरिएको छ।”
अनुसन्धानमा खटिएको प्रहरीका अनुसार महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ।