राजनीति
यूएई – यूएईको रसअलखेमामा एक नेपालीको चक्कु प्रहारबाट नेपालीकै ज्यान गएको छ । एउटै कम्पनीमा कार्यरत सँगै बस्ने दुई नेपालीबीचको भनाभनले ठूलो रुप लिँदा चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो । रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईकाे चक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो ।
गएको सोमबार दिउँसो रक्सी खाएका बेला उनीहरुबीच नेपालका आफ्नो गाउँमा भएको बिकास बारे भनाभन भएको थियो । भनाभनका क्रममा राईले तिलकलाई चक्कु प्रहार गरेको उनीहरु सँगै काम गर्ने साथीले बताएका छन् । भनाभनै क्रममा युगेन्द्रले तिलकलाई चक्कु प्रहार गरेका हुन् । घटनापछि स्थानीय प्रशासनले अनुसन्धानका लागि ३ जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना नेपाली छुटेर काममा फर्किएका छन भने राईलाई थप अनुसन्धानका लागि जेल चलान गरिएको छ ।
कम्पनीको क्याम्पमा ९ जना नेपाली बस्दै आएका थिए । राई र चौधरी एक वर्षदेखिसँगै बस्दै आएका थिए ।