logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रक्तचाप, मधुमेह, मोटोपना र युरिक एसिड बच्ने ४ उपाय


  • डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुराेग बिशेषज्ञ
  • आइतबार, बैशाख ८ २०७६

उच्च रक्तचाप, मधुमेह, मोटोपना तथा युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग समेत सम्वन्ध राख्दछ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा यी रोगहरुबाट जोगिन त सकिन्छ नै रोग लागेकै भएपनि नियन्त्रणमा लिन सकिन्छ । डा प्रकाशराज रेग्मीले यी चारवटा स्वास्थ्य समस्याबाट मुक्तहुन केही टिप्सहरु दिएका छन् । हेरौँ ति टिप्सहरु :

उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।

धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि

मोटोपना घटाउने ।दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने

गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने

गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।

नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

मधुमेह (चिनीरोग) भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

चिनी र चिनीबाट बनेका परिकार नखाने ।

धूमपान, सूर्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चूरोट,

खैनी, बिडी आदि सेवन नगर्ने ।

नून र चिल्ला कम खाने ।

खानासंगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।

गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।

शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा

हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।

योगासन, ध्यान, प्राणायाम गर्ने ।

लामो समय सम्म भोकै नबस्ने ।

मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु :

चिनी र चिनीबाट बनेका परिकार नखाने ।

घ्यू, बटर, बोसो नखाने ।

चिल्लोमा फ्राइ गरेको खाना नखाने ।

खाने तरकारीमा जति सक्यो कम तेल हालेर पकाउने ।

खाना खानु भन्दा अगाडी १ कटौरा हरियो सलाद खाने ।

बेलुकीको खानामा २ पिस रोटी, दाल १ कटौरा, हरियो सागसब्जी र सलाद खाने ।

शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने जस्तैः १ घण्टा हिंड्ने,

खेतबारीमा काम गर्ने, खेलकूदमा भाग लिने, पौडी खेल्ने ।

प्रशस्त मात्रामा पानी पिउने ।

भोक लाग्दा फलफूल खाने । (केरा र आँप बाहेक)

धूमपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन नगर्ने । जस्तैः रक्सी, चूरोट, खैनी, पान, सूर्ती, बिडी आदि ।

योग÷ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जिवन जिउने ।

दैनिक ६ देखि ८ घण्टा सुत्ने ।

बिहान उठ्ने बित्तिकै २ गिलास मन तातो पानी पिउने ।

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु:

रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।

मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः

चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।

प्रशस्त मात्रामा पानी पिउने ।

दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।

योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि ।

दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।

जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार