logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यी हुन १६ वर्षीया एक किशोरीमाथि इजेक्सन लगाएर सामुहिक बलात्कार गर्ने अभियुक्तहरु


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

कैलाली- १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले कैलालीको घोडाघोडी नगरपालिका–४ मा सामूहिक बलात्कार गरेको छ। बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन्। अर्का एक जना फरार रहेका प्रहरीको भनाई छ।

घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर उनीहरुले १ वैशाखमै किशोरीलाई सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ। तर, घटनाको विषयमा शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडी जङ्गलमा बलात्कार भएको हो।

पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको थियो।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि अहिले किशोरीको काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार