logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गल्कोट बजारमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

बागलुङ – गल्कोट बजारमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुदाँ जलेर पूर्ण क्षति भएको छ। गलकोट नगरपालिका ६ हरिचौर चरौदीका हेमबहादुर खत्रीको गल्कोट नगरपालिका-३ हटिया बजारमा रहेको तीन तले घरमा आगालागी हुँदा डेरा गरी बस्नेहरुको सामानसहित करिब १५ लाख बराबरको क्षति भएको प्रहरी चौकी हटियाले जनाएको छ। आगलागीबाट गौतमको घरसँगै जोडिएको तुलसी साहनीको घरमा पनि क्षति पुगेको छ।

घरमा डेरा गरी बस्ने बिना दर्जीले खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।

शनिबार राति ७ बजेतिर लागेको आगो स्थानीयवासी र जनप्रतिनिधिको सक्रियतामा नियन्त्रणमा लिइएको अध्यक्ष वीरजंग भण्डारीले बताए। तीनतला रहेको उक्त घरको पहिलो तलामा होटल र दोश्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार