logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

ब्रेकिङ न्युज:मनकामना दर्शन गर्न आउदै गरेको रिजर्भ वस त्रिशुली नदीमा

मृत्यु हुनेको संख्या दुई


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

file pic file pic

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका -३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

मनकामना दर्शनका लागि अौदै गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।

हरिवंशको घटनास्थलमै मृत्यु भएको हो भने पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

काठमाडौंमा बस्ने दोलखालीले बस रिजर्भ गरी मनकामना दर्शनका लागि जाँदै गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार