logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राप्रपालाई सरकारको वार्ताको प्रस्ताव , के गर्ला राप्रपा ? “सहमति कि आन्दोलन”?


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ । विभिन्न २२ बुँदे माग राख्दै आन्दोलनमा होमिएको राप्रपालाई सरकारले पत्र काट्डै वार्तामा बोलाएको हो।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् ।
नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ।

सरकारले आइतबार गरेको वार्ताको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

उनले अब सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेर अघि बढिने बताए । उनका अनुसार सम्भवतः भोलि पार्टीको बैठक बसेर पार्टीको तर्फबाट वार्ता टोलीको नाम तय गरिनेछ ।
राप्रपा अध्यक्ष थापाले गत फागुन ७ गते प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

तर सो मागको कुनै सुनुवाई नभएपछि राप्रपा आन्दोलनमा होमिएको थियो ।

जसअनुसार राप्रपाले मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु सम्पन्न गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार