logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कार्यालय प्रमुख “कार्यकक्षमा मस्त निद्रामा” हेर्नुस


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

विराटनगर – पशुपन्छी सेवा कार्यालय मोरङ उर्लाबारीका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् । आइतवार दिउँसो कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादव मस्त निद्रामा भेटिएका हुन् ।

कार्यालय समयमा सेवाग्रहीको चाप रहेकै बेला प्रमुख भने मस्त निद्रामा भेटिएका हुन् ।
रिपोर्टिङका लागि पुगेका पत्रकार हरि कोइरालाले कार्यकक्षमा निधाएको तस्वीर खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन् । ‘हामी रिपोर्टिङमा गएका थियो, निदाएको देखेपछि ४-५ मिनेट पर्खियाैं ,’ उनले भने ‘ नउठेपछि एक मिनेट जतिको भिडियो र फोटो खिच्यौं ।’ यादव निदाएको टेबल छेउको ढोकाबाट प्रवेश गरी दुई पटक खोकेपछि मात्र बिउँझिएको उनले बताए ।

उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको सेवा कार्यालय ४ नम्बर वडामा छ । आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको चाप बढी थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गर्दा पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवले सुनाए । ‘यहाँ धेरै सेवाग्राही आउनुहुदो रहेछ,’ उनले भने, ‘हेर्दा हेर्दै टाउको दुखेर रेष्ट गर्दा यस्तो भयो ।’

कार्यकक्ष सुत्ने ठाउँ नभएको बताउँदै उनले माइक्रोस्कोपमा पटक-पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको बताए ।अनलाइन खबरवाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार