logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

वार्ताको कुरा नेकपा माथी केपी सत्ताको प्रचारयुद्ध हो : अनिल शर्मा ‘विरही’


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार नियोजित भ्रामक रहेको भन्दै खण्डन गरेका छन् ।

बैशाख ८ गते (आइतबार) विज्ञप्ति जारी गर्दै विरहीले भनेका छन्, केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाऊ र राज गर भन्ने मनसायबाट निर्देशित छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु ।

नेता अनिल शर्मा बिरहीबाट प्रेसित बिज्ञप्ती 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार