logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन पुग्छन विप्लव पटक पटक थवाङ्ग ?


  • राजनीति
  • मंगलबार, असोज ३१ २०७४

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव रोल्पाको थबाङ पुगेका छन् । पार्टीको केन्द्रिय समितिको बैठक सकिए लगतै उनि थवाङ्ग पुग्नुलाइ बिषेश अर्थको रुपमा हेर्ने गरिन्छ । हरेक भाषणमा रोल्पा र थवाङलाइ नछुटाउने विप्लव केहि महत्त्वपूर्ण निर्णय लिन र लिए पछि प्राय थवाङ्ग पुग्ने गर्दछन । यसपाली पनि उनि त्यहा पुग्नुलाइ नेकपा नया दिशा तिर जान खोजेको अडकल सबै तिर गरिएको छ ।

यस पटक दुइ वटा निर्वाचनको मुखमा थवाङ्ग पुगेका विप्लवले थवाङ्गको क्रान्तिकारी इतिहास जोगाइ राख्न आग्रह अपिल र निर्देशन दिएका छन । गाउँपालिका स्तरिय पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन विप्लव थवाङ पुगेको नेकपा रोल्पाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी भएको थवाङलाई संघ र प्रदेशको चुनावमा कस्तो रणनीति अख्तियार गर्दा भनेर चासोको साथ हेरिएको बेला विप्लव थवाङी नेता–कार्यकर्तालाई राजनैतिक प्रशिक्षण दिइरहेका छन् ।

विप्लवसँगै पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य नन्दबहादुर बुढालगायत जिल्लास्तरीय नेताहरु पनि थवाङ पुगेका छन् ।

पार्टीले निर्माण गरेको सहिद स्मृति हलमा प्रशिक्षण भएको कार्यक्रममा बोल्दै विप्लवले मंसिर १० र २१ गतेको संघ र प्रदेशको चुनावलाई शसक्त रुपमा खारेज गरी जनसत्ता संचालन गर्नु पर्ने बताए । स्थानीय चुनावमा भएको गल्तीलाई आत्मसमिक्षा गर्दै सून्य मतदान गर्न जनताको घरघरमा पुग्‍न समेत महासचिव विप्लवले नेताहरुलाई निर्देशन दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार