logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव, वार्ता र वास्तविकताका तीन दृश्य !


  • अखिल बिश्वकर्मा
  • मंगलबार, बैशाख १० २०७६

सरकार र वर्तमान ब्यवस्था विरुद्ध भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भित्र वार्ता चाहने र नचाहने बहस बारे समाचार आउन थालेकाछन । यधपी नेकपाले सत्ताले नया रणनीति बाट आक्रमण सुरु गरेको भन्ने तर्क गरेको छ । पछिल्लो समयमा नेकपा भित्र वार्ता गर्ने र नगर्ने टोली बनेको हो की भनेको हो ? जिज्ञासा सर्वत्र देखिन्छ । सरकारले मिडिया मार्फत प्रचार युद्ध सुरु गरेको भन्ने नेकपा र उसको खास धारणा के हो, के मिडियामा आए जस्तै नेकपा भित्र वार्ताको लागी विप्लवलाइ दवाव बढ्दै गएको सत्य हो त ?

यसका लाइ बुझ्न पछिल्ला केहि गतिविधि हेर्दा प्रष्ट हुन सकिन्छ ।

१ जनयुद्ध दिवसमा विप्लवको अंतरवार्ता

गत फागुन १ गते कठिन परिस्थितिका बाबजुद पनि पार्टी मुख पत्र रातो खबरलाइ विप्लवले अंतरवार्ता दिएका थिए । उक्त अन्तरवार्तामा विप्लव वर्तमान सत्ता प्रती निकै रुष्ट  देखिन्छन । जनयुद्धको गहकिलो स्मरण गर्दै विप्लवले सत्ता सेना र अदालत गुमेको प्रती तिब्र आक्रोश व्यक्त गरेका थिए । त्यही वार्ताको कुरामा उनले यो सरकार सग वार्ता नहुने संकेत गरेकाछन । सरकारले नेकपालाइ प्रतिबन्ध नै लगाए पछि झन परिस्थिति बिग्रेको छ । आजकल विप्लवको बिज्ञप्तीमा प्रतिबन्ध खारेज र दमनको कडा निन्दा बाहेक वार्ताका लागी सकारात्मक सन्देश दिने खालका छैनन् ।

२ सुदर्शनको बिबिसी बोली

गत फागुन १३ गते बिबिसी सग कुरा गर्दै सुदर्शनले वार्तामा बारेमा यस्तो भनेका थिए ‘अबको वार्ता १७ हजार जनताको बलिदान,८० प्रतिशत भुभाग र ४० हजार जनमुक्ति सेनाको बारेमा के हुन्छ भन्नेमा मात्र वार्ता हुन्छ।’

३ बिरहीको बिज्ञप्ती

बैशाख ८ गते राष्ट्रिय मिडियामा आएको विप्लवलाइ वार्ताको लागी दवाव भन्ने समाचारको खण्डन नेकपाकै पिविएम अनिल शर्माले गरिसकेकाछन । उनले भनेका छन यो प्रचारयुद्ध मात्र हो ।

यि पछिल्लो समयमा आएका नेकपा महासचिव विप्लवका लेख रचना,अंतरवार्ता र  बिज्ञप्ती, नेता सुदर्शनले बिबिसीमा दिएको अभिव्यक्ति र हिजै मात्र आएको अनिल शर्माको खण्डन  हेर्दा वार्ताको बारेमा नेकपा तत्काल तयार देखिदैन । यि सबैको योगमा हेर्दा यहि स्थितिमा तत्काल वार्ताको अनुमान लगाउने खास छिद्र देखिदैन ।

कतिपयलाइ परिरहेको छाप भनेको नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार हुदाको एक दृश्यको हुन सक्छ । त्यो बेला नेकपा वार्ताको बिरोधि नभएको सैद्धान्तिक तर्क विप्लवले बिज्ञप्ती मार्फत नै गरे थिए । सायद प्रेसर बढाए पछि वार्ता हुन्छ भन्ने बुझाइ सरकारमा परेको हुनुपर्छ । वल प्रयोगले छलफल नजिक हुन्छ भन्ने बुझाइ अलिक पुरानो चेत हो । यदि सोहि कुरा नै सरकार फुल कन्भिन्स हो भने निकास भन्दा निर्ममतालाइ मलजल गर्छ । ताकी विप्लव नेतृत्वको नेकपाले उठाएका राजनितिक एजेन्डाहरुको बारेमा मुर्त धारणा बनाएर हल खोजिनु प्राथमिक हुनुपर्छ ।

सैद्धान्तिक रुपमा वार्ताको बिरोधि  नभएको तर्क नेकपाले गर्दै आएको छ । तर बिषय के भने त्यती बिरोधि होइनौं भन्ने तर्कलाइ मात्रै हेरेर वार्ताको लागी लालायित भए जस्तो बुझ्ने र बुझाउने कोसिस नितान्त केटाकेटीपन हुन्छ ।

हुन सक्छ नेकपा विभिन्न तल्ला तहका कार्यकर्तालाई  सरकारी मानिसले भेट्ने शुभचिन्तक जस्तो शैली बाट प्रस्तुत हुदा मानिस भाबुक बन्न सक्छन र तथ्यहिन कुरा सुनाउन सक्छन ।  कतिपय जवसका नेताहरुको पुरानो सम्बन्ध र ब्यक्तीगत फाइदाका लागी सत्तारुढ दलका नेताको निम्तोमा नियमित सम्पर्कमा पनि हुन सक्छन । तर यहि कुरा विप्लव नेतृत्वको नेकपालाइ बुझ्ने प्रसस्त आधार हुन सक्दैन ।

तसर्थ विप्लवले उठाएका राजनीति प्रश्नको जवाफको फेहरिस्त बिना अर्को तरिका लिने हो भने ‘कोशा फोरेर बिरुवा’ हुर्काए जस्तो हुने देखिन्छ । विप्लवले भनेका दुइ कुरा क्रान्तिमा धोका भएको हो हारेको होइन, सकिन्छ र संभव छ भन्ने कुरामा समर्पित कार्यकर्ताको राजनीतिक अर्थ पहिल्याउन तिर संबंधित पक्षको ध्यान जानु पर्दछ । अन्यथा काङ्ग्रेसले  गुलेली चलाउनेहरु भनेर गैर राजनीतिक डिल गर्दा वजनदार भएको माओवादीको विकास भन्दा तिब्रतर गतिमा एकीकृत जनक्रान्ति जवान हुदै जाने निश्चित प्राय देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार