राजनीति
तेह्रथुम- नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका तीन कार्यकर्ता आईतबार रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हिरासतमा राखिएका २६ दिन अघि पक्राउ परेका म्याङलुङ नगरपालिका–८ का हेम बहादुर लिम्बु , दमक नगरपालिका–२ झापाका नगेन्द्र लिम्बु र भोजपुर अरुण गाउँपालिका–१ का अम्बरबहादुर मगरलाई जनही ५५ हजार धरौटीमा रिहाई गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईले बताइन् ।