logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पार्टी फुट्छ भनेर हिड्ने ज्योतीषीले दुई पार्टी मिल्छ भनेर थाहा पाएनन् : प्रधानमन्त्री ओली


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडी बढीरहेको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टीको ७०औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले हरेक दिन नेपाल एक कदम अगाडी बढीरहेको भन्दै उनले भने, हरेक दिन नेपाल एक कदम अगाडी बढीरहेको छ ।प्रधानमन्त्री ओलीले देशबाट गरिवी हटाउने अभियान चलाएको भन्दै गरिवी हटाएरनै छाड्ने बताए ।

उनले विभिन्न दल र ज्योतीषीहरुले पार्टी फुट्छ भनेको स्मरण गर्दे ओलीले भने पार्टी फुट्छ भनेर विभिन्न दल र ज्योतीषीले भन्दै हिड्न थालेको थिए, तर पार्टी एक हुन्छ भनेर किन थाहाँ पाएनछन् ? उनले प्रश्न गरे ।

कांग्रेस प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाए

केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाएका छन्। आज नेपाल कम्युनिस्ट पार्टीको ७० औं जन्मदिवसमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।

सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको आरोप लगाउँदै ने क पाका अध्यक्षसमेत रहेका ओलीले भने, ‘कांग्रेसले गलत बाटो समात्यो। कांग्रेसले त्यो बाटो अहिले पनि सच्याउन सकेको छैन।’

लोकतान्त्रिक शक्तिसँग मिल्नुपर्ने धारणा राख्दै ओलीले थपे, ‘मिलेर अघि बढ्न सक्थ्यो। धेरै दबाव दिएमात्र बाध्य पारेमात्र सहकार्यक गर्ने। प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति कांग्रेसले लियो। अब त्यो बाटो लिनुहुदैन। कांग्रेस लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ।’

कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो। ‘आज अचम्म लाग्छ। कांग्रेस कहाँ पुग्यो? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिड्दा विचित्र लाग्छ। मेरो शासक भइदेउ भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन,’ ओलीले भने।

कांग्रेसका नेता राजतन्त्र फर्काउने सपना बोकेर हिँडेका छन्

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरु राजतन्त्र फर्काउने सपना बोकेर हिँडेका आरोप लगाएका छन्।

सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले लोकतन्त्रवादी वादीसँग नभई प्रतिक्रियावादीसँग घाँटी जोडेको आरोप लगाए।

‘कांग्रेस लोकतन्त्रवादी हो भने प्रगतिशील शक्तिसँग सहकार्य गर्नुपर्छ, प्रतिक्रियावादीसँग होइन्’, उनले भने, ‘कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना बोकर हिँडेको देख्दा अचम्म लाग्छ।’

उनले जन्मकै आधारमा कोही श्रेष्ठ र तुच्छ नहुने भन्दै लोकतन्त्रवादीवादीले जन्मसिद्ध श्रेष्ठताका आधारमा मेरो शासक बन्देउ भनेर निवेदन नहाल्ने उनको भनाइ थियो।

‘जन्मसिद्ध श्रेष्ठता पशुमा हुन्छ, मान्छेमा होइन’, उनले भने ‘मान्छे जन्मदै शासक र रैति जन्मदैन। कांग्रेसले यो ठान्छ भने लोकतान्त्रिक नाम हटाए हुन्छ।’

उनले नेकपाले नेपालमा समानता, सामाजिक न्याय र आमुल परिवर्तनको बीउ रोपेको र उसैको नेतृत्वमा हुर्कँदै आएको बताए।

प्रधानमन्त्री ओलीले नेकपाले विभिन्न टुटफुट र अफ्ठ्याराहरु झेल्दै आफ्नै स्पष्ट बहुमतको सरकार बनाउने अवस्थामा आइपुगेको बताए। मदन भण्डारीले देखाएको नयाँ बाटोबाटै तत्कालीन एमाले र माओवादीबीच एकता भएको भन्दै जनताको बहुदलीय जनवाद नै जनताको जनवाद भएको बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार