राजनीति
प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग तालमेल गरेपछि आगो बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरुलाई विना विभागिय मन्त्री बनाएका हुन् । गृहमन्त्री शर्मासँग उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई पनि परराष्ट्र मन्त्रालयबाट हटाईएको छ ।

उनले प्रभु शाह, टेक बहादुर बस्नेत, शिब कुमार मण्डल, महेन्द्र बहादुर शाही, आशा कोईराला, शान्तकुमार थारुलाई पनि विना विभागिय मन्त्री बनाईएको छ ।

केहि समय अघि मात्रै नियुक्त भएका राप्रपाका कमल थापालाई उप प्रधानसहित उर्जा मन्त्रालय दिईएको छ । गृह र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री देउवा आफैले सम्हालेका छन् । दिपक बोहरालाई स्वास्थ्य मन्त्रालय दिईएको छ ।