राजनीति
लामो समयको बिवाद छलफल र कोशीस पछि जिल्ला तह सम्म एकता घोषणा गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा अझै केहि हिसाबकिताव बाकी रहेको प्रष्ट देखिन्छ । मुख्यबशीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको भनीको थियो । तर हिजो प्रज्ञा भवनमा कार्यक्रम हुदै गर्दै केहि दृश्यले केहि मिल्न बाकी रहेको संकेत गरेको छ। बाहिर आए जस्तै बुझ्ने हो भने पछिल्लो भागबन्डाले बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । बिगतमा एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएनैसकेको छ ।
यसै बिच हिजो भएको सत्तारुढ दल नेकपाको एकतामा पदिय मर्यादा गोलमाल भएको छ । जसमा पुर्व माओवाद केन्द्र बाट प्रतिनिधित्व गर्ने हरु नै अपमानमा परेको बुझिएको छ । यसरी अपमानमा पर्ने हरुको संख्या भने ८ रहेको छ । अर्थात आठ केन्द्रीय सदस्य सचिवमा घटुवा भएकाछन । जस मध्य काठमाडौका सचिव भनिएका पुर्व बिद्यार्थी नेता हिमाल शर्माले सामाजिक संजाल मार्फत असहमति नै जनाएका छन ।
पार्टी एकीकरणअघि साबिक कमिटीको नेतृत्व गरेकाहरूलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्डका आधारमा केन्द्रीय सदस्य रहेका आठजना नेताले जिल्ला सचिवको जिम्मेवारी पाएका छन् । पूर्वमाओवादी समूहबाट नेकपाका केन्द्रीय सदस्यहरू गोपी अछामी–मोरङ, श्रवण यादव–धनुषा, डाचाराज वाग्ले–सर्लाही, युवराज भट्टराई–रौतहट, दावा तामाङ–सिन्धुपाल्चोक, हिमाल शर्मा–काठमाडौं, शालिकराम जम्मरकट्टेल–धादिङ र दधिराम न्यौपाने–रुपन्देही सचिव बनेका छन् । त्यस्तै, थुप्रै सांसद र स्थानीय तहको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकाहरूले पनि जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् ।