logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मनकारी गोरखाका कांग्रेसी वडाध्यक्ष,जसले आफ्नो तलबभत्ता शैक्षिक विकासमा खर्च गरे


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

गोरखा – गोरखाको शहीद लखन गाउँपालिका–७ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गरेका छन् । वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महिनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका हुन् ।

वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरू गर्ने निर्णय भएपनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन् । ‘१६ महिनाको २ लाख ८८ हजार रुपैयाँले ३ विद्यालयका बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ,’ उनले भने, ‘मैले यस्तो अभियान आफैंबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हूँ ।’ ‘स्कूल व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सबैलाई बोलाएर छलफल गरी अंग्रेजी माध्यममा लैजानुपर्छ भनेर निर्णय भयो,’ उनले भने, ‘कार्यान्वयनका लागि रकम जुटाउन भने समस्या भयो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार