राजनीति
सर्लाही- सतारुढ नेपाल कम्युनिस्ट पार्टी सर्लाहीमा केन्द्रले घोषणा गरेको नेतृत्वप्रति तीव्र असन्तुष्टि देखिएको छ।
आफूलाई पार्टीको सर्लाही जिल्ला सचिवमा राखिएको प्रति पार्टीका केन्द्रीय सदस्य डाचाराज वाग्लेले असहमति जनाएका छन्। उनले आफूलाई जानकारी नै नदिई सचिवालयले आफ्नो मानमर्दन हुने गरी जिल्ला सचिवमा मनोनयन गरेको भन्दै सो पद अस्वीकार गरेको बताए।
नेकपा सचिवालयले पार्टीको सर्लाही अध्यक्षमा रेवती पन्त र सचिवमा डाचाराज वाग्लेलाई मनोनयन गरेको छ। पन्त माधव नेपाल र वाग्ले बादल समूहका नेता मानिन्छन्। पूर्वमाओवादीका सर्लाही जिल्ला अध्यक्ष कमल बुढाथोकीले पार्टी केन्द्रको निर्णय विरुद्ध सर्लाहीमा समानान्तर समिति गठन गरिने बताए।