राजनीति
पोखरा – इजाजत नभएका र अरूको इजाजत नवीकरण नगरिएको १४ थान हतियार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ ।
गृह मन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो संख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।
हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् ।