logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बैध र विप्लव सहित ५ पार्टीद्धारा संघर्षको घोषणा


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

वर्तमान ओली सरकारले राष्ट्र र जनता प्रती गम्भिर घात गरेको निष्कर्ष निकाल्ने ५ वटा कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेकाछन । वैशाख  २७ गते काठमाडौमा बिरोध सभा गर्ने कार्यक्रम तय गरेकाछन ।

नागरिक्ता जथाभावी बाड्न खोजेको, मुलुकको सिमा मिचिदा समेत बोल्न ननसकेको मात्र होइन भारतले तयार पारेको नक्सालाइ मान्यता दिने , नेत्र बिक्रम चन्दको नेकपालाइ प्रतिबन्ध लगाउनु , सुनकाण्डलाइ लुकाउनु, र निर्मला पन्तको हत्यारालाइ कार्वाही नगरेको भन्दै ६ बुद्धा सहितको संघर्षका कार्यक्रम घोषणा गरेका छन ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) सहित पाँच पार्टीहरुबीचमा सरकारका जनविरोधी कार्य विरुद्धमा कार्यगत एकता अगाडी बढेको जनाइएको छ । आज भएको छलफलमा ६ बुद्दे साझा निष्कर्ष सहित संघर्षमा जाने घोषणा गरेकाछन।

गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, सिपि गजुरेल नेतृत्वको देश भक्तजनगणनातान्त्रिक मोर्चा रहेकाछन । आज जार्वे गरिएको बिज्ञप्तीमा विप्लव नेतृत्वको पार्टीलाई गैर कानूनीरुपमा लागाइएको प्रतिबन्ध तथा नेता–कार्यकर्ताहरुलाई धरपकड र झूटा मुद्धामा फसाउने कार्यको विरोध, पछिल्लो पटक नागकिता प्रकण, वाइडबडी, बालुवाटारको सरकारी जग्गा अतिक्रमण विरुद्ध आन्दोलनको तयारी गर्ने बताइएको छ ।

वक्तव्यमा भनिएको छ, “

१। जन्मका आधारमा नागरिकता भएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनका लागि सत्ता पक्षबाट चालु संसदमा प्रस्तुत संशोधन प्रस्ताव विचाराधीन रहेकै अवस्थामा गृहमन्त्रालयले सर्कुलर जारी गर्दै वंशजको नागरिकता वितरण गरिएकोमा हामी त्यसको भत्र्सना गर्दछौँ र संशोधन प्रस्तावलाई फिर्ता लिई उक्त सर्कुलरका आधारमा वितरण गरिएका नागरिकता रद्द गर्न माग गर्दछौँ ।

२। भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर हाम्रो ३७२ वर्ग किलोमिटर जमिन गायब पारिएको छ । उक्त नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न हामी माग गर्दछौं ।

३। राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दछौँ ।

४। वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरु तथा हालै प्रधानमन्त्री निवाससहित वातुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारवाहीको माग गर्दछौँ । एन सेलले तिर्नु पर्ने पर्ने अरबौं रुपैयाँ कर तुरुन्त असुली गरियोस् भन्ने माग गर्दछौँ ।

५। तस्करीको ३८ क्वीन्टल र साढे ३३ किलो सुन कहाँ छ ? त्यो सार्वजनिक गरी संलग्नहरुमाथि कारवाही गरियोस् ।

६। कञ्चनपुर भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई सार्वजनिक गरी कार्वाही गरियोस् ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार