पोखरा- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित केहीलाई पुर्पक्षको लागि जेल चलान गरेको छ।
जिल्ला अदालत ललितपुरले स्थायी समिति सदस्य ओलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई, बिरबहादुर कठायतलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
सरकारले नेकपालाई देशमा ध्वंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको छ।
नेपाल प्रहरीले प्रतिबन्ध लगाएदेखि पार्टीका २०९ जना कार्यकर्ता तथा नेतालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।