logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२० बर्षिय नजमाले एकै पटक चार शिशु जन्माई


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

वीरगञ्‍ज – एक महिलाले वीरगञ्जको एक अस्पतालमा एकैपटकमा चारवटा शिशु जन्माएकी छिन्। प्रसूतिका लागि भर्ना भएकी पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर-४ जयमंगलापुरकी २० बर्षिय नजमा खातुनले चार वटा शिशुलाई जन्म दिएकी हुन्।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा सुत्केरी हुन ‍भर्ना भएकी खातुनले तीन छोरी र एक वटा छोरासहित चार शिशु जन्माएकी हुन्। अस्पतालले खातुनले पहिलो गर्भमै चारवटा सन्तान जन्माएको जनाएको छ।

बच्चाहरुको तौल कम रहेकाले उनीहरुलाई एनआईसियूमा भर्ना गरिएको छ। महिलाको स्वास्थय अवस्था समान्य नै रहेको अस्पतालमा कार्यरत अहेब व्‍यास महतोले जानकारी दिए। बच्चाहरु सबैभन्दा कम ७ सय ग्रामको छ,अहेब महतोले भने, ‘त्यसपछि क्रमश ८ सय ९ सय र सबैभन्दा बढी एक किलोको एकवटा शिशु छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार