logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यि हुन ,नेकपाका कान्छा जिल्ला अध्यक्ष जसले युद्धमा आमाबाबु गुमाएका थिए


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

बैशाख ९ गते काठमाडौमा कार्यक्रम आयोजना गरेर जिल्ला तह सम्म एकता घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला स्तरका नेताहरुमा कतै मर्यादा बिवाद कतै दोहोरो जिम्मेवारीको बिवाद  भुसको आगो जस्तै भएको छ ।

राजधानीको प्रज्ञा भवन बाट घोषणा गरिएका जिल्ला नेताहरु मध्य उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल ‘दिवश’ संभव त मुकुक कै कान्छा अध्यक्ष हुन । उनको काँधमा आएको छ । उमेरले ३२ वर्ष पुग्दै गरेको उनी तत्कालीन माओवादीको तर्फबाट अध्यक्ष भएका हुन् ।

कटुवाल सहिद परिवारका सदस्य हुन् । उनी तत्कालीन माओवादी नेता मोहन बहादुर तथा आमा गंगा कटुवालको छोरा हुन् । उनीहरु दुवै जनालाई २०५५ कार्तिक १२ गते र २०५९ मा तत्कालीन सरकारले नियन्त्रणमा लिई हत्या गरेको थियो ।

२०५७ सालदेखि राजनीतिमा लागेका कटुवाल माओवादी केन्द्रका जिल्ला संयोजक रहेका थिए । गत सोमबार काठमाडौंमा भएको पार्टीको जिल्ला अध्यक्ष र सचिव सार्वजनिकसँगै उनी नेकपाको जिल्ला अध्यक्ष बनेका हुन् ।

अध्यक्ष कटुवालले जिम्मेवारी पाएसँगै सक्रिय रुपमा जनताको काम गर्ने बताए । उनले भने, ‘जिम्मेवारी बढेको छ, अब अझै राम्रो काम गर्नेछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार