राजनीति
पोखरा- प्रदेशसभामा संसदमा १५ महिनापछि पहिलो पटक सांसद चिन्तावती कुर्मी वर्मा बोलेकी छन् । संसदमा चुइक्क नबोल्ने सांसद भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि उनी संसदको मंगलवारको संसद बैठकको शून्य समयमा बोलेकी हुन् ।
कुर्मीले दाउराबाट खाना पकाउदा बाँकेका महिलाहरू आएको भन्दै त्यसको विकल्पमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘बाँकेमा महिलाहरूलाई समस्या समाधानतर्फ ध्यान जाओस् ।’ एक मिनेटको शून्य समयमा उनी ४० सेकेन्ड मात्र बोलिन् । बाँके जिल्लाको डडुवा गाउँपालिका–२ की कुर्मी तत्कालीन एमालेबाट समानुपातिक उम्मेदवार हुन् ।