आज बि.स. २०७६ साल बैशाख १२ गते बिहीबार इश्वी सन् २०१९ अप्रिल २५तारीख वैशाख कृष्ण पक्ष षष्ठी तिथी पूर्वाषाढा नक्षत्र सिद्ध योग वणिज,करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धाता योग सुर्य उत्तरायण वसन्त ऋतु औलो दिवस ।
मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ
सामान्य कार्य सम्पादनमा अधिक समय ब्यतित हुनेछ साथै कार्य क्षेत्रमा भएको सामान्य त्रुटिका कारण अपजस भोग्नु पर्नेछ । यात्रामा बिशेष सावधान रहनु उत्तम रहनेछ । बिश्वासिला मित्रजनहरु बाट धोका हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ क्षेत्रमा सामान्य समस्या साथै चोट पटकको सामना गर्नु पर्ने समय रहेकोछ । स्थान परीर्वतनको सम्भावना रहेकोछ । कार्यक्षेत्रमा उत्पन्न ब्यवधानले मानसिक तनावको सामना गर्नु पर्नेछ । यात्रामा सजग रहनु होला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारीवारिक तथा दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको ब्यवसायमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको स्वास्थमा समस्या देखा पर्नेछ । अध्यन क्षेत्रभने मध्यम रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्यक्षेत्रमा सामान्य संर्घष आईपर्नेछ । प्रतिपक्षीहरु सवल रहलान । स्वास्यका कारण सामान्य खर्चको सम्भावना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामाजिक कार्यमा समय ब्यतित रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मानसिक चन्चलताका कारण अध्यन अध्यापनमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगले अधुरा कार्य सम्पादन भई मनग्य लाभ समेत प्राप्त हुनेछ । मनोरञ्जन पुर्ण कार्यमा समय ब्यतित रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारिक साथ सहयोग प्राप्त हुनाले जटिल कार्य सम्पादनमा सहजता रहनेछ । भौतिक श्रोत साधनको प्रयोमा समय ब्यतित रहला । पारीवारका सदस्यहरु सगँ टाढिएको अनुभब हुनेछ । सवारी साधनको प्रयोगमा सजग रहनु होला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
देश प्रदेसको यात्राको योग रहनेकोछ । बल तथा पराक्रमका क्षेत्रमा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य सम्पादन गर्न उत्तम समय रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपानका क्षेत्रमा समय ब्यतित रहनेछ । बोलिका कारण सामान्य वादविवादको सामना गर्नुपर्नेछ । स््थीर क्षेत्रमा लगाईएको लगानिको उत्तम प्रतिफल हात लाग्नेछ । स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखा पर्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य चोट पटकको सामना गर्नुपर्ला । अधुरा कार्य सम्पादनगर्न उत्तम समय रहेकोछ साथै फसेको लगानि उठाउन समेत समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग परेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढाँको यात्राको सम्भाबना रहेकोछ । आफन्त जनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चका कारण तात्कालिन आर्थीक अभावको सामना गर्ने पर्नेछ । प्रतिपक्षी हरु सबल रहनाले कार्य क्षेत्रमा झन्झट उत्पन्न हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आर्यआर्जनका निम्ती समय उत्तम रहनेछ । नयाा कार्यको प्रारम्भले मन हर्षित रहला । मित्रतथा दाजु भाई हरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा रुचि बढ्नेसमय रहेकोछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सभासम्मेलन जन्य कार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ साथै मान सम्मान प्राप्तीको योग रहनेछ । आफन्तजन तथा मान्यजनहरु सगँको सम्बन्धमा सुधार रहनेछ । सुखद समाचारको श्रवणले मन प्रशन्न रहला ।