logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पथरीमा रिनाको मृत्यु काण्ड : सिसि टिभिमा रिक्सामा लाश (हेरौ भिडियो)


  • राजनिती न्युज डेस्क
  • बिहिबार, बैशाख १२ २०७६

पोखरा- रहस्यमय तरिकाले शनिबार मृत फेला परेकी रिना बस्नेतको घटना प्रकरणमा नयाँ तथ्य फेला परेको छ। बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिएको छ।

एक पुरुषले नकाब लगाएर ठेला चलाएर दगुरेका छन् फुटेजमा । ठेलामा बेरिएको वस्तु शङ्कास्पद देखिन्छ। ती पुरुषले पाइन्ट सुर्केका छन्। जुत्ता पनि लगाएको देखिन्छ। एक जना महिला पुरुषको अघिअघि हिँडेकी छिन्।त्यो दृश्य अधिकांश पसलको सीसी टीभी फुटेजमा देखिएको छ तर प्रहरीले भने यस एङ्गलबाट अनुसन्धान नै गरेको छैन। स्थानीयहौले फुटेज सहितका घटनाको प्रकृति हेर्दा हत्या नै भएको बताउँछन् । मृतक बस्नेतको खुट्टामा आलो माटो पनि देखिएको हुँदा कोठामा लडेर ज्यान गएको भन्न कठिन भएको स्थानीयको भनाइ छ।

रिनाको मोबाईल र कमलको मोबाईल प्रहरीले घटनापछि नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको अनुसन्धान भईहरेको छ। सोही दिनको फुटेजमा माक्स लगाएको एक ब्यक्तिले ठेलामा बोराले छोपेर केही सामान ल्याएर घटनास्थलमा फालेको देखिएको छ। यी प्रमाणहरुले उनको अन्यत्र लगी हत्या गरेर सोही ठाँउमा ल्याई फालेको स्पष्ट देखिएको स्थानीय बताउँछन । गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ।

प्रहरीले सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो। शनिबार बिहान मर्निङ वाक गर्ने स्थानीयले पथरी १ मा एउटा नग्न शव घोप्टो परेको अबस्थामा देखे। प्रहरीले खबर पाएपछि आएर हेर्दा सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेत (रुपा) को शव भएको पुष्टि भयो।

त्यसपछि हल्लाखल्ला शुरु भयो। रिनाका श्रीमान दुबईमा थिए। उनी १४ बर्षिया छोरा साईमनसँग पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन। नग्न भेटिएको शव मोष्टमार्टमका लागी प्रहरीले लाने कोशिष गरेपनि मृतकका आफन्त र स्थानीयले केहीक्षण शव उठाउन दिएनन्। तर प्रहरीलाई जबरजस्ती शव उठाएर धरान पुर्‍यायो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार