राजनीति
आज १९४१ बि.स. २०७६ साल बैशाख १३ गते शुक्रबार इश्वी सन् २०१९ अप्रिल २६ तारीख वैशाख कृष्ण पक्ष सप्तमी तिथी १६ः१३ बजे सम्म पश्चात अष्टमी तिथी उत्तराषाढा नक्षत्र साध्य योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा आनन्द योग सुर्य उत्तरायण वसन्त ऋतु अष्टमी व्रत प्रतिलिपि अधिकार दिवस
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारिक साथ सहयोगमा अधूरा कार्यहरु सम्पादित हुनेछन । कार्यप्रतिको लगन सिलतामा बृद्धि हुनाले मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु होला । मान्यजनको स्वास्थमा सामान्य समस्या देखापर्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अनावश्यक खर्चको सामना गर्नुपर्नेछ । कार्यक्षेत्रको लापरवाहिका कारण सामान्य अपजसको सामना गर्नुपर्ला साथै माल सामान हराउन सक्ने सम्भाबना रहेकोले सजग रहनु होला । बिश्वासिला मित्रहरुबाट धोकाहुन सक्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आय आम्दानिको क्षेत्रमध्यम रहेतापनि स्वास्थ क्षेत्रमा तनाब उत्पन्न हुनेछ । सामान्य बादबिवादको झमेलाले सताउनेछ । मनमा बिभिन्न कुबिचारले सताउनेछ । बिश्वासिलो ब्यत्तीहरु बाट धोका हुनसक्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामान्यकार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । शुभ समाचारको श्रवणले मन प्रशन्न रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिश्पर्दिहरु बृद्धिहुनाले कार्य क्षेत्रमा बिशेष ध्यान पूर्याउनु पर्नेछ । स्वाथका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहला । मान्यजनहरुसगँ सामान्य यात्राको सम्भाबना रहेकोछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्य क्षेत्रमा आटँ र शाहसको कमी महसुस हुनेछ । आफुभन्दा सानाको सहयोगमा कार्य सम्पादित रहनेछन । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । मित्रजनहरुको मार्ग दर्शनमा आम्दानि मध्यम रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक श्रोतसाधनको परिचालनमा सजग रहनु पर्नेछ । मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । पारिवारिक झोर झमेलाको सामना गर्नु पर्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसरता उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोगमा बृद्धि हुनेछ । तपाइ द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुलाई प्राप्त रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त रहनेछ । सामान्य बादबिवादको झमेलमा फसिएला । अरुको बिश्वासमा गरीएका कार्यमा तनाब उत्पन्न हुन सक्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनको साथ सहयोगमा बृद्धिहुने योग रहेकोछ । अधुराकार्यहरु सम्पादित हुने समय रहेकोछ । ब्यापार ब्यवसायमा जिवन साथिको साथ द्वारा मनग्य लाभ प्राप्तहुनेछ । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटि देखाउनेको सङ्ख्यामा बृद्धिहुनेछ । खानपनाका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । यात्रामा सजग रहनु होला ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिशिष्ट ब्यक्तिहरुको साथ सहयोगमा आम्दानिको दिघो श्रोतहरु फेला पर्नेछन । बितीय क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । बाणीमा मधुरता छाउनेछ ।