logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

राष्ट्रपति चीन भ्रमण टोलीको अमर्यादित हर्कत पछी,कसले के भने ? हेर्नुस….


  • राजनीति
  • शुक्रबार, बैशाख १३ २०७६

पोखरा- राजकीय चीन भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीको जारी भ्रमण टोलीका सदस्यहरुले कुटनीतिक मर्यादा कायम गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ। अशोभनीय हर्कत देखिने कतिपय तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

उच्चस्तरीय भ्रमणमा विमानको भर्याङवाट राष्ट्रपति महोदयाको प्रोटोकललाई समेत ध्यान नदिई भ¥याङ नै भाँचिनसक्ने गरी शिष्टाचार विहीन नेपाली प्रमण्डलको भीड राष्ट्रपतिको पछि पछि संगसंगै भर्याङबाट उत्रिएर मर्यादाहिन अशिष्टता प्रदर्शन गरेको शोभनीय देखिएन’ यस्तो तस्वीर सार्वजनिक भएपछि राप्रपा (संयुक्त) का नेता सुरेशप्रसाद आचार्यले फेसबुकमा लेखेका छन्,

 

‘मल वा डिपार्टमेण्ट स्टोरमा झैँ विमानको भ¥याङमा नेपालीहरूको ठेलमठेल भीड लाग्दा निम्ता गर्ने चिनीया पक्ष नै लाजले भुतुक्कै भए होलान्।’

 

विदेश मामिलाका जानकारसमेत रहेका आचार्यका भनाईमा,

 

अति विशिष्ट व्यक्तिहरू विमानबाट बाहिर निस्की भर्याङबाट तल ओर्लेर जमिनमा नपुग्नुञ्जेलसम्म अन्य कुनै पनि व्यक्ति विमानको भ¥याङमा उभिनु वा ओर्लिनु उच्चस्तरीय भ्रमणको अनुशासन विपरितको कुरो हो। ‘सुरक्षाका दृष्टिमा समेत त्यस्तो कार्यलाई गलत मानिने गरेको छ’ उनी लेख्छन्, ‘हाम्रा सरकारी अधिकारीहरूले भ्रमणको शिष्टाचार कहिले सिक्ने हो, मलाई नै लज्जावोध भयो।’

 

भ्रमण दलका सदस्यहरुको यस्तो अशोभनीय कृत्यप्रति सुरक्षा मामिलामा कलम चलाउँदै आएका नेपाली सेनाको पूर्व उपरथी बिनोज बस्न्यातले पनि ट्वीटरमार्फत् आलोचना गरेका थिए। भलै, पछिल्लो समय उनले सो ट्वीट हटाइसकेका छन्।

अंग्रेजी दैनिक द काठमाडौँ पोष्टमा कुटनीतिक मामिलामा रिपोर्टिङ गर्ने पत्रकार अनिल गिरिले पनि भ्रमण दलका सदस्यहरुको उक्त हर्कतको आलोचना गरेका छन्।

‘भ¥याङ नै भाँचिने गरी यसरी त नझरेको भए हुन्थ्यो नि’ ट्वीटरमा उनले लेखेका छन्, ‘मल या डिपार्टमेन्ट स्टोरको भर्याङबाट झरेजस्तो यो दृष्य देखेर चिनियाहरूले के बुझे होलान्? कम्तिमा राष्ट्रपति जमिनमा ओर्लेपछि झर्नु पर्ने हो। कसले सिकाउने हामीलाई?’

नेपाल खबरबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार