logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

राष्ट्रपति चीन भ्रमण टोलीको अमर्यादित हर्कत विश्व सामु लज्जित हेर्नुस


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, बैशाख १३ २०७६

पोखरा- राजकीय चीन भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीको जारी भ्रमण टोलीका सदस्यहरुले कुटनीतिक मर्यादा कायम गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ। अशोभनीय हर्कत देखिने कतिपय तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

राष्ट्रपति भण्डारी नेतृत्वको भ्रमण दल चीनको सान्सी प्रान्तमा ओर्लेलगत्तै भ्रमण टोलीका सदस्यहरुको मर्यादा विपरित र असुहाउँदिला क्रियाकलापको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन्।बुधबार (११ बैशाख) चीनका लागि प्रस्थान गरेकी राष्ट्रपति भण्डारीको चीन भ्रमण सान्सी प्रान्तबाट सुरु भएको हो। तर, राष्ट्रपति भण्डारी सवार नेपाल वायुसेवा निगमको सोमबार दिउसो नै त्यहाँस्थित विमानस्थल ओर्लंदाको जुन तस्विर सार्वजनिक भयो, त्यसपछि सामाजिक सञ्जालमा भ्रमण दलका सदस्यहरुको आलोचना सुरु भयो।

राष्ट्रपति भण्डारी जहाजबाट विमानस्थलमा ओर्लंदा भ्रमण दलका अन्य सदस्यहरुले राष्ट्रपतिको कुनै मर्यादा नै राखेको देखिएन। राष्ट्रपति भण्डारी विमानको भ¥याङबाट झर्दै थिइन्, उनी झरिनसक्दै उनीसँगै भ्रमण दलका सदस्यहरु ग्वारग्वार्ती उनको पछि पछि झरिरहेका देखिन्छन् भने कोही भने सेल्फी खिच्न व्यस्त देखिन्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार