logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राष्ट्रपति चीन भ्रमण :परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको असोभनीय कार्य


  • राजनीति
  • शुक्रबार, बैशाख १३ २०७६

पोखरा- राष्ट्रपति भण्डारी विहीबार दिउसो सान्सी प्रान्तको तासियान बौद्ध मन्दिरको अवलोकनमा थिइन्। अवलोकनपछि राष्ट्रपति भण्डारीको भ्रमण दलका सदस्यहरुले सामुहिक तस्वीर खिचाए। सो तस्वीर सरकारी समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समितिमा प्रकासित भयो।

तस्वीरमा राष्ट्रपति भण्डारीको आडैमा देखिन्छन्, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली। चीन प्रस्थान गर्ने बेला त्रिभुवन विमानस्थलमा दौरा–सुरुवाल, ढाकाटोपी र कालोजुत्तामा देखिएका मन्त्री ज्ञवालीको शिरमा ढाकाटोपी त देखिन्छ। उनी सुट–पाइन्टमा सजिएका छन्। तर, खुट्टामा चाहिँ नीलो–सेतो रंगको गोल्डस्टार जुत्ता देखिन्छ। भ्रमण दलका अन्य सदस्यमध्ये कतिले दौरा–सुरुवाल त कतिले भने सुटपाइन्ट लगाएका छन्। तर, उनीहरु सबैको खुट्टामा कालो जुत्ता देखिन्छ।

खासमा यस्ता कुटनीतिक भ्रमणका क्रममा यसरी नै कालोजुत्ता लगाउने प्रचलन छ। भलै, आफूले ट्वीटरमा गरेको पोष्ट ‘सेन्टर फर साउथ एसियन स्टडिज’ का कार्यकारी निर्देशकसमेत रहेका कुटनीतिक मामिलाका जानकार निश्चलनाथ पाण्डेले हटाइसकेका छन्। तर, मर्यादाविपरित देखिने गरी गोलो जुत्ता लगाएको बताउँदै सोही ट्वीटमा उनले मन्त्री ज्ञवालीको आलोचना र व्यङ्ग गरेका थिए।

नेपाल खबरबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार