राजनीति
काठमाडौँको म्हेपीमा आइतबार बिहानै स्कुटीमा सवार एक पुरूषमाथि गोली हानिएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकका अनुसार गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका छन् ।
रानीबारीमा बस्ने गरेका गुरूङको घुँडामुनि एक राउन्ड गोली लागेको छ । प्रहरीका अनुसार कारमा सवार समूहले गोली हानिएपछि गुरूङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
सातअघिमात्रै नयाँ बानेश्वरको खरिबोटमका अज्ञात समूहले गोली हानेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेका थिए ।