logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यसरी सञ्चालनमा आउदै तातोपानी नाका


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

उत्तरी चिन जाेडने सिन्धुपाल्चोक काे तातोपानी नाका सञ्चालनमा छ । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ ।

तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ ।

‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ ।’आजको नागरिक दैनिकमा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार