logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अदालतबाटै पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता काे ठाडाे उपहास हाे : देउवा


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

;efklt b]pjf ;Daf]wg g]kfn k|]; o'lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M lrtjg, /f;;

पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरेको भन्दै आपत्ति समेत जनाए । केही समय अघि क्रान्तिकारी पत्रकार संघ काठमाडौ साखा अध्यक्ष जितेन्द्र महर्जनलाइ सर्बोच्च अदालत परिसरबाटैै प्रहरीले पक्राउ गरेकाे थियाे ।

पछिल्लो समय सरकारले पत्रकारहरुमाथी हस्तक्षेप गरिरहेकाे भन्दै आपत्ति जनाए। उनले प्रेश तथा अभिब्यक्ती स्वतन्त्रता काे रक्षा गर्न सरकारकाे ध्यानाकर्षण मात्रै जनाएनन् यस्ता कार्य लाेकतन्त्र बिराेधी भएकाले बाेल्न पाउने अधिकारकाे सम्मान गर्न समेत सचेत गराए ।

आईतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बुढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे ।

सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने सभापति देउवाको भनाई छ ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवलाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार