बिदेशी नाफाखोरले, बजारेको बुट !
एनसेल भन्ने आएको देश खाने भुत !!
स्वदेशी दलाल अनि, माफियाको मोतो !
नेपाली जनतालाइ, सक्ने जति लुट !!
कानुनलाइ कठै भन्छ, नेताहरु किन्छ !
सिम बनेर आएको, मुलुक लाने दुत !!
छापामा लोभ बाड्छ, जनतालाइ ॠण !
ठुल्ठुला बिज्ञापनमा, बिकाउदैछ झुट !!
छ्ट्टुहरुको छाता ओडी, नेपालमा पस्यो !
यताका भाइस सग, मिलाकोछ जुट !!
थोरै दाम दासहरुलाइ, अरबौं लाने दाउ !
नेपाली अनुहारका, लुटेराको लाइ चुट !!
फोन नभएर केहि हुन्न, देश नबचे क्यार्नु !
आफ्नो खल्ती भर्नलाइ, नेपालीमा फुट !!
मैलो सोच बनाएर, मुलुक बेच्न हुन्न !
नरपिचास नङ्ग्याए, ढुक्क सग सुत !!
कुरो बुझौ त्यसको सिम, त्यसैलाइ नै दिम !
कर छ्ल्नेको सिम जति, मोबाइ बाट थुत !!
