logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुस्ताङमा चौंरीको आलो रगत खाने मेला सुरु,यसरी निकालिन्छ आलो रगत


  • सुन्दर कु थकली
  • आइतबार, बैशाख १५ २०७६

मुस्ताङ- भोली सोमबारदेखि मुस्ताङको बोक्सीखोलामा चौंरीको आलो रगत खाने मेला सुरु हुने भएको छ । आलो रगत खाएमा प्राकृतिक उपचार हुने जनविश्वासले मेलामा सर्वसाधारणको घुइचो लागेको छ ।
मुस्ताङका विभिन्न स्थानीय तहमा बर्षेनी यस प्रकारको रगत खाने मेला आयोजना हुन्छ । मासु प्रजनन र दूधका परिकारबाट आर्थिक मुनाफा कमाइरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्नुलाई दोस्रो आम्दानीका रूपमा लिन्छन् । यतिखेर बोक्सीखोलामा रगत खानेको भिड नै छ ।

हिमाली लेकका चौंरीको आलो रगत स्वास्थका लागि लाभकर हुने बताइन्छ । चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने जनविश्वास छ ।
कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लाग्ने गर्छ ।
झन्डै एक दर्जन घरधुरी किसानले करिब हजार बढी चौंरीको रगत बिक्री गर्ने समितिका अध्यक्ष गोविन्द शेचरनले जानकारी दिए ।

शेरचनले एउटा चौंरीबाट १० देखि ४० गिलाससम्म रगत निकालिने बताए । पशुको स्वास्थ्य अवस्था परीक्षण गरेर रगत निकालिने उनको भनाइ छ । वसन्त ऋतुको सन्तुलित याममा खर्कबाट बस्तीछेउ झारिने चौंरीको रगत बिक्री गर्ने पुरानै प्रचलन हो ।सुन्दर कु थकलीले राजधामा लेखेका छ्न।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार