logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा विश्वविद्यालयमा प्रहरीसँगको झडपमा एक विद्यार्थी घाइते हेर्नुस भिडियो


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

पोखरा-सर्वोच्चले पोखरा विश्वविद्यालयको नियमविपरित क्याम्पसले भर्ना लिएका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन दिएको आदेशको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी विद्यार्थी बीच झडप भएको छ।

आइतबार अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेविसंघका विद्यार्थी प्रदर्शन सहित केन्द्रीय क्याम्पसका सबै विभाग कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीको हस्तक्षेपबाट विद्यार्थी मुकेश मेहता घाइते भएका छन्। मेहताको लेखनाथ सामुदायिक अस्पताल शिशुवामा उपचार भई घर फर्किसकेका छन्।

स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सि’ ग्रेड ल्याउनुपर्ने भएपनि ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई रजिस्ट्रेशन लिई परीक्षामा सहभागि गराउन सर्वोच्च दिएको आदेश विरुद्ध विद्यार्थी आन्दोलित छन्। ग्रेड विवादले विश्वविद्यालयको परीक्षा ३ पटकसम्म स्थगित भइसकेको छ।

गएको ७ गते शनिबार विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले विद्यार्थीको योग्यता मापदण्डको विषयमा ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्टेसन नगर्ने निर्णय गरेको थियो।

विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने भएकोले ‘डि प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागि गराउने निर्णय परीक्षा समितिले गरिसकेको जानकारी दिए। विद्यार्थीले अवरोध गर्न खोजेपनि परीक्षा नरोकिने उनल बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार