logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यस्तो हुनेछ सिके राउतकाे पार्टी झन्डा र आकार


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

सिके राउतले नेतृत्व गरेकाे जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि आज निवेदन दर्ता गराइएको सो पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले बताए ।

सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ । यद्यपि, चुनाव चिन्ह पछि मात्र दिने आयोगले भनेको नेता सिंहले बताए ।

आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने उनले बताए ।

ओली सरकारले राउतसग बिबादास्पद सहमति गरे पश्यात
स्वतन्त्र मधेशको माग राख्दै आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा आएका भनिएको छ। मुलधारमा आएपछि उनले जनमत पार्टी बनाएर निर्वाचन आयोगमा दार्ताका लागि निवेदन दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार