logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’


  • पत्रपत्रिका
  • सोमबार, बैशाख १६ २०७६

यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । यो समाचार १५ गतेको नेपाल समाचारपत्रमा छ ।

भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो ।

ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार