राजनीति
पोखरा- अभिनेत्री श्वेता खड्काले आफूले दोस्रो जीन्दगी पाएको भन्दै फेसबुकमा भाबुक स्टाटस लेखेकी छन् । अभिनेत्री खड्काको च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएको हो ।नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकनका लागि लण्डन गएकी खड्का असह्य पीडा भएपछि डाक्टरलाई देखाएको र ट्युमर रहेको थाहा भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी हुन् ।
डाक्टरले तत्कालै शल्यक्रिया गर्नु पर्ने भनेपछि लण्डनबाट भारतको दिल्ली आएर शल्यक्रिया गरिएको र अहिले आफू स्वास्थ्य लाभ गर्ने क्रममा रहेको उनले लेखेकी छन् ।
‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन्, जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् । म नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुखी छु ।तस्बिरः अभिनेत्री श्वेता खड्काको फेसबुक पेजबाट ।