logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्रीको परिवारले पिउने पानीमा विष हालिएको हल्ला….


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

नेपाल सरकारका मन्त्री गोकर्ण बिष्टको गृह जिल्ला गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ ।

सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् ।

सो जानकारीपछि आफ्नो परिवारसहितका गाउँले उक्त ट्याङकीको पानी पिउन छाडेको अध्यक्ष विष्टले जानकारी दिए ।

उनले उक्त ट्याङकीको पानी परीक्षण गराउन सदरमुकाम तम्घासमा लिएर बाटोमा आउँदै गरेको पनि जानकारी दिए ।

उक्त ट्याङकीको पानी मन्त्रीविष्टको परिवारसहित वडा नम्वर ३ र ४ का करिव ५ सय घरधुरीले उपभोग गर्दै आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार