logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका जिल्ला इञ्चार्ज ज्वाला रिहा भएलगत्तै पक्राउ परे

यो सरकार वार्ताका लागि आव्हान गर्ने तर, ढोकामा बन्दुक राख्ने- ज्वाला


  • सुवास विडारी
  • सोमबार, बैशाख १६ २०७६

अदालतबाट रिहा भएलगत्तै नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ज्वालालाई प्रहरी पुनः पक्राउ गरेको छ।

सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि रिहा भएलगत्तै गत चैत २८ गते पक्राउ गरिएका ज्वाला प्रहरीले पुनः पक्राउ गरेको हो। ज्वालाले हात हतियार मुद्दाको जरिवानाबापत् जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका थिए। त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले सोमबार रिहा गरिएको भए पनि पुनः अर्को मुद्धा भएकालेपक्राउ गरिएको बताए।

सञ्चारकर्मीसँग अदालत परिसरमा प्रतिक्रिया दिँदै ज्वालाले राज्यले आफूहरुलाई अनावश्यकरुपमा दुःख दिइरहेको बताए। ‘हामीलाई अपराधिक क्रियाकलाप गर्ने आरोप लगाइएको छ। त्यस्तो होइन। हामी देश र जनताका लागि संघर्षमा रहेका छौं। यसक्रममा हामीमाथि अनावश्यक मुद्धा लगाइएको हो।’, उनले जनताको आवाजलाई शक्तिको आडमा कुल्चिने कोसिस भइरहेको बताए। ‘राज्यबाट भइरहेको यो गतिविधि पक्कै पनि राम्रो संकेत होइन। वार्ताका लागि आव्हान गर्ने तर, ढोकामा बन्दुक राख्ने यो सरकार शैलीबाट प्रष्ट हुन्छ।

लोकतन्त्रमा कसरी जनताको आवाज दबाउने काम भइरहेको छ भनेर।’, ज्वालाले भने,‘सरकार पूर्णरुपमा असफल भइरहेको छ। आफू असफल भइरहेको अवस्थालाई लुकाएर दोष जनताको आवाज बोल्नेहरु माथि वर्तमान सरकारले लगाइरहेको छ’, उनले भने।थाहा खबरले लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार