राजनीति
पुर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् ।
पार्टी एकीकरण प्रक्रियामा तिब्र असन्तुष्टि जनाएका नेपालकाे बिदेश भ्रमणलाइ विशेष चासाेका साथ हेरिएकाे छ ।
नेता नेपाल चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । नउनी ३ तारिखमा फर्कने कार्यक्रम छ ।
नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए ।
नेताहरुले भने नेपाललाई ट्रान्जिट मात्र बनाएको भन्दै ठट्टा गरेको एक नेताले जानकारी दिए । पूर्वप्रधानमन्त्री नेपाल धेरै विदेश गइरहने नेताहरुको सूचीमा अग्रपङ्तिमा परेेेेका छन् ।