राजनीति
;efklt b]pjf ;Daf]wg
g]kfn k|]; o'lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M lrtjg, /f;;
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ । संबिधानले सुरक्षित गरेका प्राबधानहरुमाथी ओली सरकारले निमाेठदै गएको भन्दै आपत्ति जनाएको छ ।उनले सेना परिचालन मा प्रधानमन्त्रीले एकाधिकार गर्न खाेजे त्याे प्रत्युत्पादक हुने चेतावनी दिए ।
सत्ताधारी दलका सासंदहरु र प्रतिपक्षी दलका सांसदहरूबिच एक खाले दाेहाेरी नै चल्याे । आज बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन गर्दै विपक्षी दलका दलका नेता शेरबहादुर देउवाले सरकार संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउने दिशा उद्यत भएको आरोप लगाए ।
सेना परिचालनको निर्णय संवैधानिक परिषदबाट खोसेर प्रधानमन्त्रीमा ल्याउन खोजेको भन्दै उनले यो प्रत्युपादक हुने बताए । ‘सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’
न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै देउवाले भने, प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस् । मेरो तपाईलाई यही शुभकामना छ ।’