logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन हटाइयो बिजय लामालाइ वायुसेवा निगमको प्रवक्ताबाट ?


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

मुलुककै निकै अनुभवी क्याप्टेन बिजय लामालाइ नेपाल वायुसेवा निगमका प्रवक्ता पदबाट हटाएका छन ।

आज  नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको हो ।

वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् ।

उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्रवक्ताबाट नहटाएसम्म उडानमा रोक लगाउन भन्दै पत्र लेखिएको बताए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार