logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका युवा नेता सूर्य भुजेल जेल चलान


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

पोखरा- ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा संलग्न भएको भन्दै पक्राउ परेका नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल जेल चलान भएका छन् ।

सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो । भुजेललाई प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

मुख्य मन्त्री शंकर पोखरेल लक्षित बम प्रहार यस्तो छ अवस्था..

राेल्पाकाे सदरमुकाम स्थित एउटा कार्यक्रममा सहभागी भएकाा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल केहि दुरीमा बम विस्फोट भएको छ । बम बिस्फोटकाे आधिकारीक जिम्मा कसैले लिएकाे छैन् ।

रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलको कार्यकर्ता सहभागी थिए ।

रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थल नजिकै अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । वम बिस्फोट पछी कार्यक्रम स्थलमा केहि तनाव जस्तो देखिएको थियो ।

पाल्पामा बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटना हुदाँ पाँचको मृत्यु

पाल्पा -पाल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। पाल्पाको निस्दी गाउँपालिका ७ हुवासबाट भिरपानीमा विवाह सकेर बेहुली लिएर फर्किर्दै गरेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा निस्दी ७ का ४५ वर्षीय खड्गबहादुर सोमै, सोही स्थानका ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिबल सोती रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए।

जिप अनियन्त्रित भइ सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीको भनाइ छ।
जिप अनियन्त्रित भएपछि बेहुला-बेहुली र अन्य जन्तीले भने हाम फालेर ज्यान जोगाएका छन्। दुर्घटनास्थल सदरमुकाम तानसेनबाट करिब ७० किलोमिटर टाढा पर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार