logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज बैशाख १७ गते हेर्नुहोस आजको राशिफल


  • ज्योपं. सरोज घिमिरे
  • मंगलबार, बैशाख १७ २०७६

आज बि.स. २०७६ साल बैशाख १७ गते मंगलबार इश्वी सन् २०१९ अप्रिल ३० तारीख वैशाख कृष्ण पक्ष एकादशी,तिथी शतभिषा नक्षत्र प्रातः ८:१४ बजे सम्म पश्चात पूर्वभाद्रपदा नक्षत्र ऐन्द्र योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मृत्यु योग सुर्य उत्तरायण वसन्त ऋतु वरुथिनी एकादशी व्रत

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हरकोहिको पुर्ण बिश्वास नगनु होला धोका हुन सक्छ । बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान्यजनको साथ सहयोग प्राप्त हुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । सामान्य यात्रा रहला । निणर्य गर्ने क्षमतामा कमी आउन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । सामान्य बादबीबादको योग रहेको छ । तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

पठनपाठनको क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मित्रजनको साथ सहयोग भरपुर रहनेछ । पराक्रममा बृद्यि हुनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । सामान्य यात्राले मन बैचैन रहला । आम्दनी बृद्वि हुने योग रहेको छ । मनमा सामन्य चिन्ता ले सताउने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार