logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राष्ट्रिय भलिवल टिम क्याप्टेन इम रानाको गाउँमा वडा स्तरीय भलिवल रुपा मेलाको आयोजना हुदै


  • आश तमु
  • मंगलबार, बैशाख १७ २०७६

आश तमु, पोखरा – रुपा गाउपालिका मोहोरिया स्थीत सक्रिय क्लब सिद्धार्थ स्मृती क्लबले २०७६ जेठ१,२ र ३, ४ गते २५६३औ बुद्ध जयन्ति तथा बैशाख पुर्णीमाको अबसरमा वडा स्तरिय भलिबल प्रतियोगिता, लोपन्मुख गित तथा नृत्य , स्थानिय उत्पादनको प्रदर्शन गरी मोहोरिया मेला २०७६ गर्ने भएको छ ।

गाऊँका सबै गाउलेहरु सहभागी भएर बसेको बैठकले मेला गर्ने निर्णय गरेको क्ल्वका अध्यक्ष जित थापा मगरले बताएको हो । मेलामा भलिबल तर्फ प्रथम पुरस्कार ४०,००० द्धितीय पुरस्कार २५,००० साथमा मेडल, शिल्ड र प्रमाण पत्र पदान गर्ने अध्यक्ष थापाले बताए।अनुसाशित टिम, उत्कृट खेलाडी, लिफटर, स्पाईकर को लागी पनि पुरस्कारको ब्यवस्था गरिएको थापाले बताए।

खेल अन्तर क्लब स्तरिय खेलाईने र राष्ट्र्यि तथा क्षेत्रिय स्तरका खेलाडी लाई सहभागी गराईने पनि बताएका छन। मेलामा मनोरन्जनको लागी लोपन्मुख कौडा र घाटु नाच प्रस्तुत गरिने छ उनले भने ।

रूपाकोट मोहोरिया गाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ हो। पर्यटकिय हिसावले पनि विकासको रुप लिइरहेको यो गाउँमा गुरुङ अनि मगरहरुको बाक्लो बस्ति रहेको छ। परिचित शाही रुट ट्याकमा पर्ने मोहोरिया गाउँ प्राकृतिक मनोरम दृश्यको अबलोकनको लागी समेत उकृष्ट छ। धार्मिक हिसावले परिचित चिसापानी देवी , कौसिला देवी मन्दिर पनि रहेको छ। सांस्कृतिक रुपमा गुरुङ अनि मगरहरुको सोरठी कौडा घाटुँ पनि नियाल्ने मौका पनि पाइन्छ।

राष्ट्रिय खेलाडी इमराना मगर जस्तो खेलाडी जन्माइ सकेको यस गाउँमा उदयमान खेलाडी दिन राना मगर पनि यसै हुन। विगत वर्ष देखी निरन्तरता दिईरहेको रुपामेलालाई क्लव सुभचिन्तक हरुले यस वर्ष पनि निरन्तरता दिइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार