logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा विश्वविद्यालयमा ताण्डप, नेविसंघ नेता पक्राउ


  • राजनीति
  • मंगलबार, बैशाख १७ २०७६

क्याम्पसले मापदण्ड विपरीत विद्यार्थी भर्ना गरेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका एक नेता पक्राउ परेका छन्।पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका क्याम्पसले मापदण्ड विपरित विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाही गर्न भन्दै काठमाडौंको पुरानो बानेश्वरस्थित सायम क्याम्पसमा भएको प्रदर्शनमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका हुन्।

पक्राउ परेका त्रिपाठीलाई तीनकुने प्रहरी कार्यालयमा राखिएको छ। नेविसंघले पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायमा डि प्लस आएका विद्यार्थीलाई पनि भर्ना लिएपछि विरोध गर्दै आएको छ। मापदण्ड नपुगेका तीन सय भन्दा बढी विद्यार्थीको भर्ना ४२ क्याम्पसले लिएका थिए।

पक्राउ परेका त्रिपाठीलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार