logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव का बाजुरा इन्चार्ज बिक सहित १० जना गिरफ्तार


  • राजनीति
  • मंगलबार, बैशाख १७ २०७६

नेत्रविक्रम चन्द नेतृत्वकाेे नेकपाका  बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो पार्टी का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन् ।

विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको छ । चन्दा सङ्कलन गरेका रसिदसमेत फेला परेका छन्। पक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ । राज्यले  प्रतिबन्ध यता विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता बिरुद्ध व्यापक धरपकड गरिरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार